डडेल्धुरा- डडेल्धुरामा फागुन २४ गतेबाट महोत्सव लाग्ने भएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघले यही फागुन २४ गतेदेखि चैत ४ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-४ टुँडिखेलमा लाग्ने बताइएको छ । ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवम् छैठौँ डडेल्धुरा महोत्सव-२०८०’ आयोजना गर्न लागिएको हो ।

जिल्लाका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन तथा कला संस्कृतिको जर्गेना गर्न उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको संघका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले बताए ।
