कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी सुदूरपश्चिममै पहिलो

डडेल्धुरा- सुदूरपश्चिममा कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो स्थानमा छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशका ८८ पालिकामध्ये अमरगढी पहिलो बनेको हो ।

maya metro hospital

आयोगको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८.९९ प्रतिशत अङ्क प्राप्त गरेको छ । देशभर भने अमरगढी ११औँ स्थानमा छ । कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १६ सूचक तय गरिएको थियो ।

citizen security services

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे–नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे–नगरेको लगायतका सूचक राखिएका छन् ।

 

 

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.