दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म

काठमाडौँ- आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सरकारले देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

Karma Consultancy
belauri nagarpalika

दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

citizen security services

उनले भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने बताए । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।

attariya hospital

अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.