डडेल्धुरामा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

डडेल्धुरा- डडेल्धुरामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ वर्षीया बालिका बलात्कारको आरोपमा आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन् ।

maya metro hospital

घटना माघ ६ गतेको भएपनि बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि मात्रै आफन्तले घटनाबारे थाहा पाएका हुन् । आइतवार परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याइएकी ती बालिकामाथि उपचारमा संलग्न चिकित्सकले करणी भएको आशंका मानेका थिए ।

joshi vada pasal 2

त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो । आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.