बझाङका इन्जिनियर डडेल्धुरामा पक्राउ, फर्जी प्रमाणपत्रले निकालेका थिए सिम

डडेल्धुरा- बझाङको बित्थडचिर गाउँपालिकाका एक सिभिल इन्जिनियर डडेल्धुरामा पक्राउ परेका छन् । बित्थडचिर-१ घर भएका २६ वर्षीय धनबहादुर बोहरा शनिबार पक्राउ परेका हुन् ।

maya metro hospital

नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकालेपछि उनी पक्राउ परेका बताइएको छ । उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।

joshi vada pasal 2

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक सय ट्रान्सफर गरी ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए । उनले बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेको प्रहरीले बताएको छ ।

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.