कञ्चनपुरका १२ सय बढी बालबालिकालाई न्यानो कपडा वितरण

कञ्चनपुर – कञ्चनपुरका १२ सय बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी) ले जिल्लामा न्यानो कपडा वितरण गरेको हो । जिल्लाका १ हजार २ सय ४९ बालबालिकालाई चिनियाँ नयाँ वर्षको अवसरमा उक्त कपडा वितरण गरिएको छ ।

maya metro hospital

जिल्लास्थित वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका ११ सामुदायिक विद्यालयमा उक्त न्यानो वितरण गरिएको सीएफआरडीले जनाएको छ । सन् २०१९ यता फाउन्डेसनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.