खाेज्नुहाेस

डा. केसीसँगको वार्ता निष्कर्षविहीन, आज पुन छलफल हुँदै

Image
धनगढी – सरकारी वार्ता टोली र डाक्टर गोविन्द केसीबिच आइतबार दिनभरि भएको वार्ता सहमति बिनै टुङ्गिएको छ । दिनभरको वार्ता र छलफलमा पनि केसीलाई सहमतिमा ल्याउन नसकेपछि राती अबेर वार्ता स्थगित भएको थियो । बिना कुनै निष्कर्ष वार्ता टुङ्गिएपछि आज फेरि छलफल गर्ने तयारी गरिएको छ ।
attariya hospital
navjiwan hospital
वार्तामा केसीले उठाएको पदाधिकारीको राजीनामाको विषयमा कुरा नमिलेपछि वार्ता निष्कर्ष विहीन बनेको बताइएको छ । केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार दुवैको राजीनामा मागेका छन् ।
सरकारी वार्ता टोलीले रजिस्ट्रारको राजीनामा गराउनेमा सहमति जनाए पनि उपकुलपतिको राजीनामा नमाग्न केसीलाई मनाउने प्रयास गरेको थियो। वार्ता आज सोमबार बिहान १० बजे फेरि सुरु हुने जनाइएको छ ।