खाेज्नुहाेस

ससुराली बस्दै आएका हरि मृत फेला

Image

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली बस्दै आएका ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई ससुराली बस्दै आएका ३३ वर्षीय खड्का बिहीबार बिहान मृत फेला परेका हुन् ।

navjiwan hospital

उनी स्थानीय महभीरमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार बुधबार मध्याह्नतिर सोही गाउँपालिका–१ सिनाम, मावलीघर जान्छु भनी घरबाट निस्केका खड्का मावली घर नपुगेको र अबेरसम्म घर पनि नफर्किएपछि खोजतलास भइरहेको थियो ।

attariya hospital

निबुखोला नजिक महभीरको फेदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।