वाणिज्य बैंक बाजुराको कोल्टी शाखामा विद्युत जडान

बाजुरा- राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा विद्युत जडान गरिएको छ । नियमित बत्ती नहुँदा कारोवार बन्द हुन थालेपछि बुढीनन्दा नगरपालिकाबाट विद्युत लाइन बिस्तार गरिएको हो ।

maya metro hospital

पानी परेको र घाम नलागेको दिन बत्ती नहुँदा कारोवार बन्द हुने गरेपछि सेवाग्राहीले सास्ती खेप्नु परिरहेको थियो । विद्युत लाइन जोडिएसँगै अब सेवा प्रवाहमा सहज हुने बैंककी शाखा प्रबन्धक सुदामा शाहीले बताइन् ।

उनले केही दिनमा बैंकको आफ्नै सोलार ब्याकप समेत आउने र जेनेरेटरका लागि बैंकको केन्द्रीय कार्यलयमा पत्रचार गरिएको बताइन् । बैंकले बुढीनन्दा नगरपालिका मात्र नभई बाजुराको पूर्वोत्तर क्षेत्रका पालिका हुम्ला, मुगु र कालिकोटका बासिन्दालाई सेवा दिइरहेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.