खाेज्नुहाेस

नेपाली भूमि भारतमा गाभ्न खोजेको भन्दै कञ्चनपुरका स्थानीयद्धारा विरोध

Image

सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सयुक्त टोलिले मिसिङ (हराएको) पिल्लर खोज्ने बाहानामा नेपालको भूमि भारतमा गाभ्ने कार्य भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन ।
माघ ६ गते बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए ।

त्यसको केहि दिनपछि उक्त सयुक्त पट्रोलिङ गरेका थिए । करिब दुई हप्ता पछि उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधि हरु पुन: सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका छन ।

attariya hospital
navjiwan hospital

‘शसस्त्रलाई जानकारि नगराई करिब १५ दिन अघि नेपालको भूमिमा एकलौटि ढँगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई फिर्ता पठाइएका थियौ’ स्थानीय ओमप्रकाश पन्तले भने ‘हिजोबाट पुनः नेपालको तर्फबाट सशस्त्र र भारतको तर्फबाट एसएसबीले ३५ देखि ३४ सम्म मिसिङ पिलर खोज्ने भन्दै फेरि नापजाँच गरिरहेका छ्न ।’

उनले सयौ बिगाहा नेपालको जमिन, सिचाइको नहर, हुलाकी सडक, पर्यटकीय प्याराताल भारतमा पर्ने गरि बनाइएको स्ट्रिप नक्साको बहानामा नेपालको भमि भारतमा गाभ्ने कार्य भइरहेकोले यथासिघ्र रोक्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

उता सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख एसपी प्रेम रावलले भने दुबै देशका सुरक्षा निकायका प्रतिनिधि रहेर जिपिस मार्फत मिसिङ पिल्लर खोजीरहेको बताएका छन ।