खाेज्नुहाेस

दार्चुलामा जडीबुटी बोकेको जिपसहित चालक पक्राउ

Image

दार्चुला- दार्चुलामा जडीबुटी बोकेको जिपसहित चालक पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका-२ लटिनाथस्थित चेक प्वाइन्टबाट अवैध रुपमा ल्याइरहेको जडीबुटीसहित मार्मा-४ का ३२ वर्षीय दिनेश विष्ट पक्राउ परेका हुन् ।

navjiwan hospital

मंगलवार साँझ मार्मा-५ मुरैबाट लटिनाथतर्फ आउँदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा ४ क्विन्टल ६२ किलो पासणभेद नामक जडीबुटी फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

attariya hospital

बरामद गरिएको जडीबुटी थप कारबाहीका लागि अपिनाम्पा संरक्षण केन्द्रमा बुझाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।