प्रेमदिवसमा धनगढी आउँदै समीक्षा अधिकारी, विशेष कार्यक्रम हुने

धनगढी- फागुन २ गते प्रेमदिवसका दिन चर्चित गायिका समीक्षा अधिकारी धनगढी आउने भएकी छिन् । प्याट टिम कलेक्सनको आयोजनामा धनगढीको फ्लाटल्याण्डमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने भएको छ ।

Karma Consultancy

उक्त कार्यक्रममा गायिका अधिकारीसँगै उमेश मुस्कान पनि आउने भएका हुन् । ३०० र ५०० रुपैयाँ टिकट रहेको उक्त कार्यक्रममा ३०० मा एक जना प्रवेश र ५०० को टिकटमा जोडिहरुलाई प्रवेश रहेको आयोजकले जनाएको छ ।

citizen security services

कार्यक्रम प्रायोजक वा सपोटर को रूपमा अमृत थापा र सञ्जीव खड्काको आरजे इन्टरप्राइजेज रहेको छ । साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।

attariya hospital

कार्यक्रम बेलुका ४ बजे सुरु हुने र कार्यक्रमको फाइदा रकमबाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.