कञ्चनपुर – कञ्चनपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन्। सोमबार राती बेदकोट नगरपालिका –५ धरमपुरबाट गाँजासहित स्थानीय किशोर चेतन बोहरा पक्राउ परेका हुन ।
उनको साथबाट ४.१८ ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरी चौकी सुडा कञ्चनपुरले जनाएको छ ।