कैलालीको एक विद्यालयमा ग्याङ फाइट, ३ विद्यार्थी घाइते

अत्तरिया – कैलालीको एक विद्यालयमा ग्याङ फाइट हुँदा ३ विद्यार्थी घाइते भएका छन । गौरीगंगा नगरपालिका – १ मा रहेको पशुपति माध्यमिक विद्यालयमा विद्यार्थी बीच ग्याङ फाइट हुँदा ३ जना घाइते भएका हुन ।

maya metro hospital

ग्याङ फाइट गर्ने ८ जनालाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सहायक प्रहरी निरीक्षक नेत्र कठायतले घाइते र पक्राउ परेकाहरुको नाम खुल्न बाँकी रहेको बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताएका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.