बेलौरीमा ‘बेलौरी’ तोरीको तेल उद्योग सञ्चालन

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ तोरीको तेल उद्योग सञ्चालनमा आएको छ । बेलौरी नगरपालिका –४ मा ‘बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योग’ सञ्चालनमा आएको हो ।

maya metro hospital

उद्योग नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको ५ लाखको लगानी संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

मेयर पोतिलाल चौधरीले किसानबाट उद्योगबाट कच्चा पदार्थ खरिद गरेर शुद्ध तोरीको तेल बिक्रि गरिने बताए । उनले कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि प्रर्बद्धनात्मक कार्यक्रम पनि गरिने बताए ।

attariya hospital

उद्योग सहकारी मार्फत संचालन गरिने जनाइएको छ । उद्योगको दैनिक ५ सय लिटर तेल उत्पादन गर्ने क्षमता रहेको छ । उद्योगको सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले उद्घाटन गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.