डडेल्धुरामा अटो दुर्घटना हुँदा प्रहरी सहित ६ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा प्रहरी जवान सहित ६ जना घाइते भएका छन । अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी सुपप्र ६०६४ अटो रिक्सा दुर्घटना हुँदा प्रहरी सहित ६ जना घाइते भएका हुन ।

maya metro hospital

घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीय सिर्जना साँकी रहेको डडेल्धुराका प्रहरी प्रवक्त कुसुम नायकले जानकारी दिए ।

अन्य घाइते चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.