डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा डेरा गरी बस्दै आएका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

maya metro hospital

उनको नाम ठेगाना भने नखुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शनिबार मृत फेला परेका ती पुरुषले आफ्नो घर इलाम भएको बताउने गरेको र उनलाई अरुले कमल नामले चिन्ने गरेका थिए ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.