नेपाल प्रहरी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेको छ । आर्मी क्लबले दिएको १८२ रनको लक्ष्य ३७.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

प्रहरी क्लबका लागि शंकर रानाले अर्द्धशतक प्रहार गरे । उनले ४३ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६२ रन बनाए ।


त्यस्तै, अर्जुन साउँदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले २७, कुशल भुर्तेलले १४ र दिलिप नाथले सात रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक–एक विकेट लिए ।

यअसघि ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो । आमीका लागि विवेक यादवले अर्धशकत प्रहार गरे । उनले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाएका थिए ।
त्यस्तै, कामीले ३९ र कुशल मल्लले १७ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंंक पनि जोड्न सकेका थिएनन् ।
प्रहरी क्लबका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन तथा सागर ढकाल, करण केसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए ।