खाेज्नुहाेस

डडेल्धुरा घर भएका पूर्वमन्त्री खडायतको निधन

Image

धनगढी- पूर्वमन्त्री लालबहादुर खडायतको ८२ वर्षको उमेरमा निधन भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–२ सोमपरीका खडायतको शुक्रबार काठमाडौँमा निधन भएको हो ।

navjiwan hospital

उनी राष्ट्रिय पञ्चायत कालमा डडेल्धुराबाट पटकपटक संसद सदस्यमा प्रतिनिधित्व गर्दै आएका थिए । चार पटक मन्त्री बनेका खडायत रुसका लागि नेपाली राजदुत समेत बनेका थिए ।

attariya hospital

उनी २०२५ भूमि सुधार मन्त्री, २०३० मा कानुन तथा न्यायमन्त्री, २०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री बनेका थिए ।