बाजुरा – बाजुराबाट एक जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको हो ।

बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।


उनले गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुनिएको र हेमोगोलोबिन पनि कम भएकाले अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचार पछि उनलाई रेफर गरेको डाक्टर रञ्जितकुमार शाहले बताए ।
उनको राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क उद्धार गरिएको हो ।