खाेज्नुहाेस

डडेल्धुरामा ३६ कर्मचारीलाई स्पष्टीकरण सोधियो

Image

डडेल्धुरा – जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको छड्के अनुगमनका क्रममा अनुपस्थित भेटिएका ३६ कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा कार्यालयहरूको छड्के अनुगमन गरिएको थियो ।

navjiwan hospital

सो अनुगमनका क्रममा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएका थिए । प्रशासनले अनुपस्थित कर्मचारीलाई अनुपस्थित हुनुको कारण खुलाएर स्पष्टीकरण पेस गर्ने निर्देशन दिएको छ ।

attariya hospital

प्रशासनले सोमबार १५ कार्यकालमा छड्के अनुगमन गरेको थियो । जसमा १५ जना अधिकारीस्तरका कर्मचारी अनुपस्थित भेटिएका थिए ।