खाेज्नुहाेस

‘सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको छ’

Image
navjiwan hospital

कञ्चनपुर- नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको बताएका छन् । शनिबार कञ्चनपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको छ’, उनले भने, ‘दुई/तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।’ उनले बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने पनि बताएका हुन् ।

attariya hospital