खाेज्नुहाेस

कञ्चनपुरमा लक्ष्यअनुसार धान खरिद भएन

Image

कञ्चनपुर- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । खाद्य व्यवस्थाले यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएकोमा दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो ।

navjiwan hospital

सरकारले धानको समर्थन मूल्य तोकेपछि समयमै खरिद सुरु गरिए पनि सोही समयमा बजारमा धानको मूल्य वृद्धि हुँदा किसान खाद्यमा धान बेच्न नआएका कारण लक्ष्यको २० प्रतिशत मात्रै धान खरिद भएको खाद्य व्यवस्था कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले ।

attariya hospital

किसानहरुले भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताएका छन् । किसान खुसी रानाले धान बिक्री गर्न वडा कार्यालमा सिफारिस बनाउनुपर्ने र त्यसको पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपर्दा झन्झट हुने गरेको बताए ।

गत वर्ष पनि खाद्य संस्थानले १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो ।