खाेज्नुहाेस

नेबिसंघ गोदावरी नगर समिति द्वारा विपन्न परिवारलाइ लत्ताकपडा वितरण

Image

अत्तरिया – कैलालिको गोदावरी नगरपालिका -१२ का विपन्न तथा असहाय परिवारलाइ लत्ताकपडा बितरण गरिएको छ । नेपाल बिद्यार्थी संघ (ने बि संघ) गोदावरि नगरसमितिले उक्त वडामा रहेका विपन्न, गरिब तथा असहाय परिवारलाइ लत्ताकपडा वितरण गरेको हो ।

navjiwan hospital

attariya hospital

बढ्दै गएको चिसो लाई मध्यनजर गर्दै विपन्न परिवारलाइ लत्ताकपडा वितरण गरिएको ने बि संघ गोदावरी नगर सभापती दिल बहादुर बुढाथोकिले जानकारी दिए । उनले वडाका करिव ५०/६० परिवारलाइ लत्ताकपडा वितरण गरिएको बताए । उनले उक्त कार्य निरन्तर रुपमा गरिदै जाने समेत बताए ।

शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरि लत्ताकपडा वितरण गरिएको थियो । संघका नगर सभापती बुढाथोकिको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेबिसंघका केन्द्रिय सदस्य कुबेर खड्का रहेका थिए । कार्यक्रम मा नेबिसंघका केन्द्रीय सदस्य सुशील कुवँर, कैलाली जिल्ला सभापति मनिष कुवँर लगायत को सहभागिता रहेकोे थियो ।