धनगढी- कैलालीको अत्तरियामा नेपाल आइडल’को अडिसन हुने भएको छ । गायन क्षेत्रको रियालीटि शो ‘नेपाल आइडल’को पाँचौ संस्करणको अडिसन अत्तरियाको सत्यवती एकेडेमीमा हुने भएको हो ।


सत्यवतीमा यही माघ ८ गते अडिसन हुने निर्देशक सुरेश पौडेलले बताए । उनका अनुसार हेटौडाको अडिसन सकेर नेपाल आइडलको टोली अत्तरियाका लागि प्रस्थान गरिसकेको छ ।

२१ पुसदेखि झापाको बिर्तामोडबाट सुरु भएको अडिसनको सिजन ५ मा पनि पुरानै निर्णायकहरुको पुनरागमन भएको छ । गायन क्षेत्रका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा छन् ।

नेपाल आइडल सिजन–२ को उपाधी यसै क्षेत्रका रवी ओडले जितेका थिए । रवी ओडको क्षेत्र भएकाले पनि एपीवान टेलिभीजनले अत्तरियामा अडिसन राखेको बताइएको छ ।