‘कमेडी च्याम्पियन सिजन ३’ को अडिशन राउण्डबाट ७६ जना छानिए

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ अडिशन राउण्डबाट ७६ जना छानिएका छन । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो ।

maya metro hospital

आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् । शोको पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की लगायत चर्चित छन् । दोस्रोको भरतमणि पौडेल, सन्तोष थापा, बिक्की अग्रवाल लगायत चर्चामा छन् ।

कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओ.एस.आरबाट शो आउन लागेको मिडिया एजेन्सी ए.डिले बताएको छ । सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।

attariya hospital

यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.