अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायिका रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरञ्जन लिएका छन । रिमालले आफ्ना उत्कृष्ट गितहरुबाट दर्शकलाई झुमाएकी थिईन ।
उनका फोटो फिरिममा, उन्को प्रिति पैले होकी मेरो प्रिति पैले, म बाट टाढा टाढा नभई देउ तिमि, टन्न पैसा कमाउला भन्थेउ, सुनन पियारा, मिनिरल वाटर लगायतका गितहरुमा दर्शकहरु रमाउनुका साथै आनन्दीत भएका थिए । स्टेजबाट दर्शक नजिकै आएकी उनले दर्शकहरुलाई आफ्ना प्रस्तुतीबाट मनोरञ्जन दिन सफल भएकी थिईन ।
महोत्सवमा माया पिरतीका गितकै मार्फतबाट दर्शकहरुलाई आफुतिर आर्कषित गर्न सफल भएकी गायिका रिमालको प्रस्तुतीमा छरिएर रहेका दर्शकहरु पनि एकिकृत भएका थिए । रिमाल सँगै आईतबार गायक नरेश जोशी, मेघजंग कडायत, गायिका सपना शाही, मोडल कोपिला सिँह लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
सोमबार महोत्सवमा चर्चित हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को प्रस्तुती रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले जानकारी दिए । उनका अनुसार धुर्मुस सुन्तलीसँगै महोत्सवमा सोमबार कलाकारहरु टेक बोगटी, टेक बि.सि., आस्मा भण्डारी र सौगात ओझा लगायत स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।