खाेज्नुहाेस

गोदावरीमा भोलिदेखि आयोजना हुने कुम्भ मेलाको तयारी पुरा

Image

अत्तरिया – कैलालीको गोदावरी धाममा भोलिदेखि आयोजना हुने कुम्भ मेलाको तयारी पुरा भएको छ । गोदावरी नगरपालिकाले कुम्भ मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । नगरप्रमुख बिरेन्द्र भट्टले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाका लागि सबै सबै पूर्व तयारी पुरा भएको बताए ।

‘हाम्रो यस क्षेत्रको ठूलो धार्मिक तीर्थ स्थल भएका कारणले गोदावरी नगरपालिकाले त्यसलाई संरक्षण गरेको छ’ उनले भने ‘यस पटक बाढीले भौतिक संरचनामा क्षति पु-याएकाले पूर्व तयारीमा धेरै चुनौती थियो । हामीले विगत १० दिन देखि नगरपालिकाको टिप्पर, ट्याक्टर, जेसिबी पठाएर मन्दिरसम्म जाने बाटो बनाएर ग्राउन्ड सम्याएका छौ ।’ उनले पारी मन्दिर जाने बाटो निर्माणका लागि नेपाली सेनाले पनि सहयोग गरेको बताए ।

attariya hospital

उनले जाडोको मौसम भएकाले नगरपालिकाले दाउराको व्यवस्था पनि गरेको बताए । उनले श्रद्धालुहरूको आवतजावतको सहजताका लागि अत्तरियाबाट ६ वटा बसको पनि व्यवस्था गरिएको बताए ।

वृहत गोदावरी विकास बोर्ड गठन गरिने

navjiwan hospital

मेयर भट्टले गोदावरीको समग्र विकासको लागि वृहत गोदावरी विकास बोर्ड गठन गरिने बताए । उनले हाल ऐन पास भएपनि कार्यान्वयनमा आउन नसकेको बताए । ‘यो ऐन अन्तरगत गोदावरी धाममा रहेको सबै समिति समेटेर मूल आयोजन समिति बनाउने छौ’ उनले भने ‘त्यसको संरक्षक गोदावरी नगरपालिकाको मेयर रहने व्यवस्था छ ।’ उनले यस पटक ऐन कार्यान्वयनमा आउन नसके पनि आगामी दिनमा यसलाई विकास बोर्डको रुपमा अगाडि बढाइने बताए ।

‘गोदावरीबाट भएको आयआर्जन पनि यस क्षेत्रमै खर्च गरिने गरि बोर्डले काम गर्छ’ उनले भने ‘आउने कुम्भ मेला, धार्मिक मेलामा नगरपालिका अघि बढेर काम गर्छ ।’ उनले गोदावरीको सुदूरपश्चिमकै ठूलो धार्मिक स्थल बनाउन सकिने भएकाले त्यसका लागि प्रदेश सरकार र संघीय सरकार सँग पनि समन्वय भइरहेको बताए ।

उनले गोदावरीको धामको डिपिआर तयार पारिएको बताउँदै यस क्षेत्रको विकासका लागि ३८ देखि ४० करोड आवश्यक पर्ने बताए । उनले डिपिआर अनुसार अगाडि बढ्न सके धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा गोदावरीको विकास गर्न सकिने बताए ।

भिडियो