कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । भजनी नगरपालिका-९ बाट घोडाघोडी नगरपालिका-१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी-४ का २७ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन् ।

maya metro hospital

इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले उनीहरु सवार से ४ प ३४४९ नम्बरको मोटरसाइकल जाँच गर्दा ५ ग्राम ६६० मिलिग्राम लागुऔषधसहित फेला पारी शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.