बेलौरी – कञ्चनपुरको बेलडाँडीको एक पसलमा दिउसै भारतीय नागरिकले १ लाख बढी नगद चोरी भएको छ । घटना सोमबार दिउँसोको हो । बेलडाँडी गाउँपालिका –३ वैवाहको अनिल गल्ला खरिद बिक्री केन्द्र सङ्गै रहेको अप्र्रीत खुद्रा पसलमा ६६ हजार ४ सय भारु (१ लाख ६ हजार २ सय ४० नेरु) रुपैयाँ चोरी भएको थियो ।

गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक अटोरिया चौधरीका अनुसार सोमबार दिउँसो भारतको टाटरगन्जबाट दुई भारतीय नागरिक गहुँ बिक्री गर्न आएका थिए । एक जना गहुँ भित्र तौल्न जाँदा बाहिर रहेका अर्काले पसल भित्र रहेको गुल्लकबाट ५२ हजार नेपाली रुपैयाँ र ३३ हजार ९ सय भारु रुपैयाँ चोरे थिए । जुन पसल भित्र रहेको सिसी टिभी फुटेजमा कैद भएको थियो ।

सिसिटिभी फुटेज अनुसार भारतीय नागरिक पत्ता लागेर पैसा भने चौधरीले फिर्ता पाइसकेका छन् । नेपाल तर्फबाट स्थानीय सङ्गै जनप्रतिनिधि सहितको टोली र भारत टाटर गन्जका प्रधान सहित स्थानीयसहितको टोलीले फुटेजमा देखिएका व्यक्ति पहिचान गरी छलफल गरेका थिए ।
छलफल पछि चौधरीले बुधवार दिउँसो चोरिएको रकम फिर्ता पाइसकेको बताए । दुई देशका स्थानीयहरूको समन्वय रकम फिर्ता पाएका चौधरीले भने प्रहरीमा जाहेरी दिएनन् ।














