खाेज्नुहाेस

अत्तरिया महोत्सवमा आउने ४१ कलाकारहरुको नाम सार्वजनिक

Image

अत्तरिया – कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आउने ४१ जना कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । अत्तरिया उद्योग बाणिज्य संघ आफ्नो फेसबुक पेज मार्फत पौष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका कलाकारहरुमा हास्यकलाकार धुर्मुस/सुन्तली, आधुनिक गायक प्रमोद खरेल, लोकदोहोरी गायक पुष्कल शर्मा, प्रिती आले, शान्ति परियार, लोकपप गायक चक्र बम, टंक तिमिल्सिना, गायिक रचना रिमाल, गायक हिमाल सागर, गायिका एलिना चौहान रहेका छन ।

attariya hospital
navjiwan hospital

त्यस्तै कलाकारको नाम सार्वजनिक गरिएको सुचिमा लोकदेउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, चेतन बोहरा, डिक्रा बादी, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, सुरेश चोखाल, अनिता चौलानी, सृजना खत्री, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउले, गायिका सपना शाही, गायक मेघजंग कडायत, डिबि निरंकारी, गायिका शुसिला कार्की, दुर्गा भट्ट, गायक रेस विसी, रमेश मल्ल, हास्य कलाकार हेम अधिकारी (खन्टेखलास), भिम बिष्ट, मोडल रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, डान्सर आस्मा भण्डारी रहेका छन ।

महोत्सवमा अन्य कलाकारहरुको प्रस्तुति रहने कलासंस्कृति संयोजक रमेश भट्टराईले जानकारी दिए । हाल सार्वजनिक गरिएका कलाकारमा पनि केही थपघट हुनसक्ने उनले बताए ।

महोत्सवको दिन नजिकिएसंगै तयारीलाई तिब्रता पारिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काले बताएका छन् । उनले कलाकारसंग सम्झौता गर्ने, सहयोग खोज्ने, स्टल लगायतका भौतिक संरचना निर्माणका कामहरुलाई तिव्रता दिइएको बताए