बैतडीमा भीरबाट लडेर एक महिला घाइते

बैतडी – बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन् । मेलौली नगरपालिका – ३ की बागकोटकी ६५ बर्षीया सुर्मा चन्द शुक्रबार दिउँसो भीरबाट लडेर घाइते भएकी हुन ।

maya metro hospital

घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भीरबाट लडेकी चन्दको मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.