बाजुरा – बाजुराको हिमाली गाउँपालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो ।
‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताए।
आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल कागती, स्याउ, ओखर, आँप, अनार, डाले घाँसका बिरुवा बाँच, कुमु, डालेपिपल गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् ।
आव २०७७/७८ मा रुख रोपेर जोगाएबापत कृषकलाई दुई हजार एक सय क्विन्टल, २०७८/७९ मा एक हजार आठ सय क्विन्टल र २०७९/८० मा एक हजार सात सय क्विन्टल गरी पाँच हजार छ सय क्विन्टल चामल वितरण गरिसकिएको छ ।