अत्तरिया- अछाममा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका-५ स्थित जिल्ला अस्पताल नजिकैको दर्शन एण्ड वसन्त लजमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा रामारोशन गाउँपालिका-१ का लज सञ्चालक बमबहादुर साउँद, मंगलसेन नगरपालिका-५ का लक्ष्मण भाट, वडा ६ का भवानीप्रसाद भण्डारी, ७ का खेमराज ढुंगाना, कमलबजार नगरपालिका-६ का प्रकाश शाही र डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का तिर्थराज भट्ट रहेका छन् ।
उनीहरुलाई दुई गड्डी तास र १२ हजार ३२५ रुपैयाँसहित हिजो पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनीहरुमाथि म्याद थप गरेर अनुसधान भइरहेको उनले बताए ।