अत्तरिया – कैलालीको गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र समिती गठन गरिएको छ । गौरीगंगा नगर उप–प्रमुख तथा न्यायीक समिती प्रमुख भोज बहादुर बमको सभापतित्वमा सम्पन्न भेलाले नगर स्तरीय मेलमिलाप केन्द्र समिती गठन गरेको हो ।
भेलाले नगर स्तरिय मेलमिलाप केन्द्र संयोजकमा पुनः हेमन्त राज जोशी (बाजे) लाई सर्बसम्मत चयन गरेको छ । गौरीगंगा नगरपालिकामा – १ देखि ११ वटा वडाका सुचिकृत ४९ जना मेलमिलापकर्ता रहेका छन ।
‘बिबादको साटो, मेलमिलापको बाटो’ भन्ने मुल नारा लिइ आगामी दिनहरुमा न्यायिक समिती सँग सहकार्य गर्दै अघि बढने र समुदायमा भएका बिबादहरु न्युनिकरणका लागि प्रयत्नशील रहने संयोजक हेमन्त राज जोशी (बाजे) ले बताए । भेलाले गौरीगंगा १ संयोजकमा सुमन सिलाधर, २ को संयोजकमा जानकी बिक, ३ को संयोजकमा सिद्ध कँडेल, ४ को संयोजकमा बिस्णुमाया जोशी, ५ को संयोजकमा पदम नेपाली, ६ को संयोजकमा लक्ष्मी बोगटी कुँवर, ७ को संयोजकमा रेखा चौधरी, ८ को संयोजकमा पार्बती ऐर, ९ को संयोजकमा पहरी देबि चौधरी र १० को संयोजकमा रुपा बिक. चयन भएका छन ।
भेलामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, न्यायिक समिती सदस्य जानकी बोहरा, मदन नेपाली, महिला विकास साखा प्रमुख भावना जोशी लगायत वडाका मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठक्कुलाले गरेका थिए ।