राप्रपाद्धारा कञ्चनपुरमा मन्त्री किरातीको पुत्ला दहन (भिडियो)

अत्तरिया – कञ्चनपुरको महेन्द्रनगरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पुत्ला दहल गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्री किरातीको अभिव्यक्तिको विरोध जनाउँदै पुत्ला दहन गरेको हो ।

maya metro hospital

मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै राप्रपाका कार्यकर्ताले मन्त्री किरातीको राजीनामा माग गर्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

attariya hospital

(भिडियो)

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.