खाेज्नुहाेस

नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न आवश्यक : उपकुलपति डा.जोशी

Image

धनगढी- सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेका बताएका छन् । शनिबार दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डका उत्कृष्ट मनोनयनमा परेका कलाकारहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

navjiwan hospital

मनोयनमा परेका २१ विधाका एक सय बढी कलाकारलाई धनगढीमा अवार्डबाट सम्मानित गरिएको थियो । सो अवसरमा डा. जोशीले कलाकारहरू राष्ट्रका गहना भएको बताउँदै नव प्रतिभाको सम्मान र प्रोत्साहनका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रतिभाहरूको खोजी गरेर आगामी दिनमा सम्मान र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए ।

attariya hospital

सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्दको सभापतित्वमा सम्पन्न समारोहमा समाजसेवी माया प्रकाश भट्ट, सुप कला प्रतिष्ठानका संस्थापक अध्यक्ष कलाकार राजकुमार जोशी,राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, माधव बवष्ट, कृष्णा सिराडी, प्रेम विवस चन्द लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।