काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन तोलामा एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।