कञ्चनपुर – सरकारले कञ्चनपुरका उखु किसानको बाकी ३२ करोड रुपैयाँ अनुदान भुक्तानी दिने भएको छ । आज अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाकी रहेको अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको छ ।

उखु किसानलाई महालेखा नियन्त्रण कञ्चनपुर कार्यालयले केहि दिनमै रकम वितरण गर्ने छ । कञ्चनपुर किसान समितीका अध्यक्ष हरि चन्द ठकुरी, कञ्चनपुर क्षेत्र ३ का सासद रमेश लेखक लगायतको टोलिले अनुदान रकमको लागि सरकारलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखु रकम वृद्धि गर्ने सरकारले प्रस्ताव गरेको सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्र सिह विष्टले बताए । अध्यक्ष विष्टको पहलमा कञ्चनपुर किसान हक हित समितीले पटक पटक सरकारलाई उखु किसानको अनुदानको लागी पहल गर्दै आइरहेको थियो ।

















