खाेज्नुहाेस

लालपुरमा रहेको जननौलोको नवौं वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बीच संस्थाको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष खड्क सिँह ओलीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद माया बिष्ट रहेकी थिईन । कार्यक्रममा बोल्दै सांसद बिष्टले सहकारीले सदस्यको हितमा थुप्रै राम्रा काम गरेको देखिएको बताईन । उनले २०/२५ जना युवाहरुको जमातबाट सुरु भएको सहकारी बिशाल रुपमा फैलिनु आफैमा गर्वको कुरा भएको बताईन ।

attariya hospital
navjiwan hospital

सहकारीहरुले महिलाहरुलाई आत्मनिर्भर बन्न र जिविकोपार्जन गर्न सहयोग पु¥याएको बताईन । ‘महिलाहरु सहकारीकै कारण बाहिर निस्कन पाएका छन’ उनले भनिन् ‘सहकारीकै कारण महिलाहरु आत्मनिर्भर समेत बनेका छन ।’ उनले सहकारीकै कारण महिलाहरु पनि नेतृत्व तहमा पुग्न सफल भएका कयाैँ उदाहरणहरु रहेको बताईन ।

उनले स्थानिय स्तरका सहकारीहरुलाई मात्रै विश्वास गर्र्न आग्रह गरिन । ‘हामी बाहिरबाट आएका लघुवित्त एवम् सहकारीहरुलाई बढी विश्वास गर्छाै, त्यसैले ठगीको सिकार बन्छौ’ उनले भनिन् ‘बाहिरबाट आएका भन्दा स्थानियस्तरकै सहकारीहरुलाई विश्वास गरौ, उनिहरुलाई प्राथमिकतामा राखौ, अनि मात्रै तपाईको बचत सुरक्षित हुन्छ ।’

२०७१ साल पुष महिनामा २६ जना शेयरसदस्यहरु र ३ लाख ९० हजार शेयरपुजिँबाट स्थापना भएको संस्थामा हाल झण्डै १ हजार २ सयको हाराहारीमा शेयरसदस्य र ५७ लाख ९४ हजार ४०० शेयरपुजिँ रहेको छ ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मानित गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ५७ लाख ३० हजार ७५० को कारोबार गरेको छ । जसवाफत संस्थाले उक्त आर्थिक वर्षमा १९ लाख ४० हजार ४८३ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।