कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट ३७ करोडको सम्पत्ति विवरणको लेखा परिक्षण प्रतिवेदन पारित गरिएको छ । आर्थिक बर्ष २०७९/८० मा सहकारी संस्थाको तरलता २२ प्रतिश रहेको, निक्षेपमा १३.७५ प्रतिसत, लगानीमा ७.५७ प्रतिसत, शेयर वृद्धिमा १७.३१ प्रतिसत, सदस्य वृद्धिमा १०.४१ प्रतिसत तथा सम्पत्तिमा ०.८१ प्रतिसतले वृद्धि भएको थियो भने चालु आर्थिक बर्ष दे सहकारीका सम्पूर्ण सदस्यहरुले दैनिक १०अनिवार्य रुपमा बचत गर्ने निर्णय सगै निती, कार्यक्रम तथा १ अर्ब १२ करोडको ८० लाखको अनुमानित आय व्यय समेत पारित गरि साधारण सभा सम्पन्न भएको छ ।

सहकारीमा १० हजार भन्दा बढी शेयर सदस्य छन् । सहकारीले ऋण तथा बचत बाहेक रेमिटेन्स सेवा, विमा सेवा, बिज वृद्धि, कष्टम हायरिङ्ग सेन्टर संचालनमा ल्याएको छ । आगमी दिनमा स्कुल अफ को अपरेटिभ तथा दुग्ध खरिद तथा विक्री केन्द्र संचालनको अन्तिम तयारी रहेको कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताए । सहकारी संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा गरिएको हो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी मुख्य अंग भएकोले यसलाई चाहिने र आवश्यक पर्ने ऐन नियम तर्जुमा गर्न प्रतिवद्धता जाहेर गरेका छ्न।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सार्की, सुदूरपश्चिम बिशिष्टकृत उपभोक्ता सहकारी संघ लि।का अध्यक्ष गणेश बहादुर चन्द विशिष्ट अतिथि थिए । यसै गरि जिल्ला फुटवल संघ कञ्चनपुर तथा निङ्गलाशैनी विकास समाजका अध्यक्ष गणेश बहादुर चन्द, नेपाल भलिवलका मुख्य प्रशिक्षक जगदशि प्रसाद भट्ट, निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी, दिप ज्योती महिला कृषि सहकारी संस्थाका अध्यक्ष बिमला भट्ट, सिटिजन लाईम ईन्सुरेन्सका प्रबन्धक खगेश्वरी भट्ट बोकटी, औषधी व्यवसायी संघका अध्यक्ष राम चन्द्र वुडा , निङ्गलाशैनी भगविति मन्दिर सेवा समितिका अध्यक्ष करविर भण्डारी, लगायत अतिथिले शुभ कामना मन्तव्य दिए ।

















