डडेल्धुरा – डडेल्धुरामा रुखबाट लडेर घाइते भएका कर्णबहादुर साउँदको मृत्यु भएको छ । आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्युु भएको हो ।


















