डडेल्धुरा बसपार्क नजिक एक युवक मृत भेटिए

डडेल्धुरा- डडेल्धुरा बसपार्क नजिक एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार अजयमेरु गाउँपालिका-३ चनालीका ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन् ।

maya metro hospital

बगरकोट रोडस्थित अजयमेरु फ्रेस हाउसका सञ्चालक शाहु फ्रेस हाउसकै तल्लो तलामा डेरा गरी बसेका र डेरामै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.