
अछाम- नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा टोली आज अछाम पुग्दैछ । हिजो डडेल्धुराको अमरगढीमा आमसभा सकेर साँझ डोटीको सिलगढीमा बास बसेको टोली आज अछामतिर लाग्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार स्थानीयबासीहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरिने छ भने दिउँसो मंगलसेनमा आमसभाको तयारी रहेको छ ।
