काठमाडौँ- ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का लागि डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा कुरा गरेका छन् ।
ओलीले आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गरेका हुन् । उनी सुुरुमा जय नेपाल भन्दै आफूले डडेल्धुरा बजारभन्दा अलि तल देउवाको गाउँ गन्यापधुरा नजिकैबाट फोन गरेको बताउँछन् ।

कुराकानीमा ओलीले तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि भन्दै काठमाडौँतिर सबै राम्रो छ नि भनेर पनि सोधेका छन् ।

















