खाेज्नुहाेस

डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने प्रसिद्ध ‘देहिजाँत’ मेला भोली

Image

डडेल्धुरा – डडेल्धुराको प्रशिद्ध शक्तिपिठ उग्रतारामा भोली मेला लाग्ने भएको छ । सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपिठका रुपमा रहेको उग्रतारा भगवती मन्दिरमा लाग्ने ‘देहीजाँत’ मेला भोली लाग्ने भएको हो ।

उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्छ । आज रतेडी र भोलि दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

attariya hospital

उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ ।