खाेज्नुहाेस

डडेल्धुराको भागेश्वरमा ५ उद्यमी सम्मानित

Image

डडेल्धुरा- डडेल्धुराको भागेश्वरमा पाँज जना उद्यमी सम्मानित भएका छन् । गाउँपालिकाले नवौं उद्योग दिवसको अवसरमा वडाबाट एक÷एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान’ भन्ने नारासहित वडा नं १ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा नं २ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा नं ३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा नं ४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा नं ५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाडलाई सम्मान गरिएको हो ।

attariya hospital

शनिबार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरे । स्वदेशी उत्पादन गाउँपालिकाभरी पुर्याउने पालिकाको लक्ष्य रहेको बताइएको छ ।