ब्लफ कलले डडेल्धुरा प्रहरी हैरान, जिस्क्याउनेमा केटीको संख्या बढी

डडेल्धुरा – प्रहरीको ईर्मेजेन्सी १०० नम्बरमा ब्लफ कलहरु आउन थालेपछि डडेल्धुरा प्रहरी हैरान बनेको छ । नागरिकहरुको सहजता र आवश्यकताका लागि बनाईएको ईर्मेजेन्सी नम्बरमा पनि ब्लफ कलहरु आउन थालेपछि प्रहरीहरु परेशान बनेका हुन ।

Karma Consultancy

अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने प्रहरीको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरीहरु हैरान बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

citizen security services

उक्त नम्बरमा दैनिक करिब ३०÷४० वटा ब्लफ कलहरु आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताए । ऐरका अनुसार फोन गर्नेले गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गर्छन् ।

attariya hospital

ब्लफकल बिशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए । डीएसपी कार्कीका अनुसार ब्लफकल गर्नेमा केटीहरूको संख्या बढी छ ।

गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन १०० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने डीएसपी कार्कीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.