अछाम – अछाममा अटो दुर्घटना हुँदा २ जनाको भएको छ। दुर्घटना गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्बर-४ का दिपक बोहरा र वडा नम्बर-२ का जनक खड्काको उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको हो ।

कमलबजारबाट दैलेख तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटना भएको थियो। दुर्घटनामा परि ४ जना घाइते भएका छन।

घाइते हुनेमा कमलबजार नगरपालिका -४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर-८ का बिरेन्द्र बिष्ट र सोही वडाकै देबेन्द्र बिष्ट घाइते भएका छन। बुधबार राति १२ बजेतिर अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
