भारतको जम्मू कश्मीरस्थित डोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएको बताइएको छ । ५५ यात्रु सवार रहेको बस बटोटे (किसतवार राजमार्गको त्रुगंल) असर नजिकै सडकबाट चिप्लिएर ३०० फिट तल खसेर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका घाइतेहरूलाई अस्पताल लगिएको छ । केन्द्र सरकारका मन्त्री डा. जितेन्द्र सिंहले घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गरिएको बताएका छन् ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई लिएर शोक व्यक्त गरेका छन् ।
